बिपि प्रतिष्ठानबाट मक्सुदलाई राती नै म्याक्स अस्पताल पुर्याइयाे, मृत्युपछि अस्पतालमा तनाव

  • प्रकाशित मितिः चैत्र 8, 2075
  • 1642 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । बिराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स ईन्टरनेशनल अस्पतालले एन्ड ट्रमा सेन्टरको लापरबाहीका कारण एकजनाको ज्यान गएको छ ।
धरान नयाँ बजार छाताचौकका बिरामी मो.मक्सुदको गएराती अस्पतालको लापरवाहीको कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । एम्बुलेन्सको मिलेमतोमा राती ३ बजे बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनलाई उठाएर राती नै म्याक्स अस्पतालमा पुर्याएको खुल्न आएको छ ।

बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा उपचार गराएका उनलाई त्यहाँ कसरी पुर्याईयो भन्ने बारेमा मृतकका आफन्त नै अन्यौलमा छन् । मक्सुदको उपचारमा चरम लापरबाहीले गर्दा ज्यान गएको आफन्तले बताएका छन् ।
समाचार संकलन गर्न अस्पतामा पुगेका पत्रकारलाई अस्पताल प्रवेशमा रोक लगाएको छ । मुलगेट तथा पछाडिको गेटमा प्रहरी परिचालन गरेर अस्पताललाई सुरक्षा दिईएको छ । पत्रकारलाई अस्पतालमा प्रवेश नदिँदा अस्पतालमा लापरवाही भएको बुझ्न सकिन्छ । मोरङका एसपी मनोज केसीले त्यहाँ अप्रिय घटना हुन नदिन प्रहरी परिचालित गरिएको बताए । त्यहाँको घटनासँग मात्र हामीलाई थाहा हुन्छ तर त्यहाँ कसलाई पस्न दिने नदिने भन्ने बिषय आफ्नो नभएको बताए ।
अस्पतालको घटनाको बारेमा अस्पतालका निर्देशक हेमनारायण मेहतासँग फोनमा जानकारी लिन खोज्दा उनले फोन उठाएनन् । उनले आफु ब्यस्त रहेको म्यासेज पठाएका थिए ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे