छुरा प्रहार हुँदा धरानका एक युवाकाे मृत्यु

  • प्रकाशित मितिः चैत्र 8, 2075
  • 1011 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान बगैचालाईनमा बिहीबार साँझ साढे ४ बजे होली पर्व मनाई फर्किने क्रममा वाद-विवाद भई छुरा प्रहार हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

धरान-८ सिद्धार्थमार्ग बस्ने बर्ष २० को निमा तामाङ र सोही स्थान बस्ने बर्ष १७ को मिलन बिकलाई धरान-८ भोटेपुल बस्ने बर्ष १७ सुमन तामाङ, सोही स्थान बस्ने बर्ष १८ को सुसान्त राई र धरान-७ आचार्यलाईन बस्ने बर्ष १८ मनिस लिम्बुले विवादका कारण धारीलो हतियार छुरा प्रहार गरी फरार भएका थिए ।

घाईते दुबैजनाको बि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेकोमा साँझ ५ बजेको समयमा उपचारको क्रममा निमा तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको साथै फरार रहेका तीनै जनाको खोजिकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे