लागूऔषध सहित एक पक्राउ 

  • प्रकाशित मितिः चैत्र 5, 2075
  • 291 पटक पढिएको
  • औजार संवाददाता

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी बराहक्षेत्र नगरपालिका-१ नेता चोक बस्ने बर्ष २० को मोहन साहलाई पक्राउ गरेको हो ।

बेलुका सवा ५ बजे जोगवनीबाट विराटनगर तर्फ पैदल आउँदै गरेका साहलाई शंका लागि चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध डाईजेल्याब-५५ एम्पुल, एभिल-५५ एम्पुल, लुपिजेसिक-५५ एम्पुल र स्पास्मोप्रोक्सिभोन-१६ क्याप्सुल बरामद गरेको हो । बरामद लागूऔषध सहित साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे