सर्पकाे माेहनी देखाएर १४ लाख ठगी !

  • प्रकाशित मितिः चैत्र 3, 2075
  • 3174 पटक पढिएको
  • औजार संवाददाता

सयल परिवारलाई रोग व्यथा निको हुने भनेर ठगी गर्नेले दिएको औषधी ।तस्वीरःरणध्वज लोहार । औजार

धरान । धरान ६ पानवारीमा एक परिवारकाे भाग्य चम्काइदिने भन्दै हिड्ने घुमन्तले १४ लाख रुपैयाँ ठगी गरेका छन् । पानवारी स्थित सितलचौकका दिनेश सयल (सार्की) को परिवार ठगीमा परेका हुन् ।

सर्पको बाकस लिएर गाउँघर तिर गठी गर्दै हिड्नेहरुले गाउँका सोझा सिधालाई ठगी गर्ने क्रममा सार्की परिवारबाट १४ लाख रुपैया असुल गरि अहिले सम्पर्क विहीन भएपछि सुयल परिवार चिन्तामा डुबेका छन् । बाकसभित्रको सर्पको मोहनी भनेर प्रलोभनमा पारेर सो परिवारबाट ३, ४ पटकमा उनीहरुबाट १४ लाख रुपैयाँ ठगी गरेको खुलेको हो । सयल परिवारलाई सानो सिसाको बाेतलमा कालो वस्तु नै सर्पको मोहनी भनेर प्रलोभन देखाएका थिए र सो वस्तु दिएर गएका थिए ।

सर्पको मोहनी राखेर पुजा गरेमा आश्चर्यजनक भाग्य चम्किन्छ भनेर आफुहरुलाई प्रलोभन देखाएर ठगी गरेको श्रीमती सर्मिला सुयलले बताइन् । उनले भनिन् घरैमा ४ जनाको समुह आएर प्रलोभन देखाएर पैसा मागे, हामीले पनि शरुमा नै एक तोला सुन सहित १ लाख रुपैया नगद नै दियौं । ठगी गर्ने मध्येको सलेमान अन्सारीलाई पैसा दिएका थिए । अन्सारीले विधि पुर्याएर पुजा गर्दै गएमा बाेतलमा दिएको कालो वस्तु आफे बल्ने र भाग्य चम्कने भनेर त्यसपछिका दिनहरुमा क्रमशः रकम माग्दै १४ लाख रुपैयाँसम्म असुल गरेपछि अहिले भने ठगी गर्नेहरु सम्पर्क विहीन भएका छन् । पैसा असुल गरुन्जेल सुलेमान अन्सारीको मोवाइल नम्बर ९८२४३६६९१७ मा वारम्बार सम्पर्क भैरहन्थ्यो तर अहिले भने यो नम्बरमा सम्पर्क हुदैन शर्मिलाले भनिन् ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे