सुनसरीमा २२ बालविबाह रोकियो

  • प्रकाशित मितिः फाल्गुन 30, 2075
  • 657 पटक पढिएको
  • औजार संवाददाता

धरान । सुनसरीमा बालविवाहको घटना एकपछि अर्को गरि बढेको छ । नेपालमा २० वर्ष भन्दा कम उमेरको विवाहलाई बालविवाह भएकोमा यो घटना बढ्दो क्रममा रहेको छ । सुनसरीको कोशी गाउँपालिका र इनरुवा नगरपालिकामा तीन दिनमा चार बाल विवाह भएका छन् भने दुई विवाह रोकिएको छ ।
कोशी गाउँपालिका २ पश्चिम कुशाहामा समेत बुधबार मात्रै एक बाल विवाह प्रहरीको दबावमा रोखिएको छ । मंगलबार बाल विवाहको तयारी भएको सूचना आएकाले प्रहरीले विवाह रोकेको हो । इनरुवा ८ डुम्राहाको एउटा बाल विवाह भईसकेपछि सूचना आएकाले त्यसको विषयमा छानविन गर्दा १९ वर्ष ७ महिना पुगेको देखिएकाले उमेर पुगेपछि मात्रै केटाको घर जाने सहमतीमा छाडिएको छ । इनरुवा ३ सखुवागाछी इनरुवाकी केटी र रामनगरभुटाहाको केटाका बीचको बालविवाह रोकिएको प्रहरी सेलकी प्रहरी नायव निरीक्षक विनुमाया बस्नेतले बताए ।
सुनसरीमा विगत तीन वर्षयता २ सय ४६ वटा बालविवाह भएकोमा यस वर्षपनि बाल विवाहको क्रम नरोखिएको स्थानीयहरुले उल्लेख गरेका छन् । जसमध्ये १४ वर्षमुनिका बालबालिका ११ प्रतिशत, १५ वर्षसम्मका ४० प्रतिशत र १० वर्षमुनिकाको समेत विवाह हुने गरेको एउटा तथ्याङ्कमा उल्लेख गरिएको छ । खासगरी सुनसरीको दक्षिणवर्ती गाविसहरुमा बालविवाहका घटना बढेकोले सो क्षेत्रका ६ वटा गाउँपालिकामा बालविवाहका घटना बढेको र केहीलाई सूचना आएपछि रोकिएको प्रहरीको महिला तथा बालवालिका सेलले जनाएको छ ।
प्रहरीका अनुसार कोशी गाउँपालिका–१ कामा गत बैशाख ५ गते १५ वर्षीया जुलीकुमारी उराउँको बालविवाह प्रहरीले रोक्यो । जुलीको बुबा धर्मदेब उराउँको छोरीको सानै उमेरमा गर्ने लागेको विवाह रोकिन पुग्यो । त्यसैगरी गढी गाउँपालिकाकी १७ वर्षिया पुनम कुमारी सदाको गत असार २० गते बालविवाह प्रहरीले रोकिदियो । देवानगंज गाउँपालिका ४ की १७ वर्षिय मन्जिल उराउँको पनि गत श्रावण ४ गते धुमधामका साथ हुन लागेको विवाह रोकियो । ग्रामिण भेग त्यसमा पनि सिमान्तकृत समुदायमा बालविवाह बढ्दै गएको महिला बालबालिका सेवा केन्द्रकी सई विनु बस्नेत बताउँछिन ।
चालु आर्थिक बर्षको अहिले सम्म २२ वटा बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यलय सुनसरीमा तथ्यांक छ । गढी गाउँपालिकाकै १४ बर्षिया क्याप्ति चौधरीको श्रावन २७ गते विवाह रोकेको सई बस्नेत बताउँछिन् ।उनी भन्छिन् सुचना आएसम्म हामीले बालविवाह रोक्दै आएका छौ । अभिभावककै संलग्नतामा बालविवाह भईरहेको उनको भनाई छ । सुनसरीमै १३ वर्षिय प्रितिका मंडलको भदै २ गते बालविवाह रोकेको प्रहरीको भनाई छ । त्यस्तै १७ वर्षिय रेनुका कुमारी रामको पनि भदै ५ गते विवाह प्रहरीकै निर्देशनमा रोकिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
त्यसैगरी १६ वर्षिय गैरी कुमारी यादवको पनि गत भदौ ३ गते विवाह रोकेको प्रहरीको तथ्याकले देखाउँछ । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले पनि ग्रामिण भेगमा बालविवाह हुने गरेको बताउँछन । गत असोज १ गते इटहरी १३ की १७ वर्षिय अन्जिता चौधरीको विवाह इटहरी प्रहरीले रोकेको थियो । गोशी गाउँपालिकाकी १८ वर्षिय समिता खातुनको पनि उमेर नपुगेको भन्दै विवाह रोकिएको महिला सेलका सई बस्नेतको भनाई छ ।
असोज २४ गते विवाह तयारी गरेको बसिरुण खातुनको १५ बर्षिय छोरीको पनि विवाह रोकेको सुनसरी प्रहरीले जनाएको छ । नेपालको संविधान २०७२ को प्रस्तावनामा लैङ्गिक विभेदको अन्त्य गर्ने भनिएको छ भने संविधानको भाग ३ को धारा ३९, बालबालिकाको हकअन्तर्गत उपधारा ५ मा कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनि बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको विषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । यस्तो कार्य भएमा कानुनबमोजिम सजाय गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्थासमेत हुने प्रत्याभूत गरेको छ । सरकारले कानुन परिवर्तन गरेर २० वर्ष उमेरभन्दा कमलाई बाल विवाह भनेको छ । त्यसअघि १८ वर्षसम्मलाई बाल विवाह मानिन्थ्यो । कानुनअनुसार बाल विवाह गर्ने वा गराउनेलाई तीन वर्ष कैद र १० हजार जरिवाना व्यवस्था गरिएको छ तर अहिलेसम्म कानुन अनुसार कारबाही भएको एउटै भेटिएको छैन । सुनसरीमा प्रहरीमा सूचना आएको बाल विवाह पूर्ण रोकिएको छ भने सूचना नआएका धेरै बाल विवाह भएको स्थानीयहरुले बताएका छन् ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे