धरानमा तयार भयो आसरा सुधार केन्द्र, पर्सिदेखि सञ्चालनमा आउने

  • प्रकाशित मितिः फाल्गुन 29, 2075
  • 1905 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान –६ स्थित पानबारीमा २ करोड ३७ लाखको जन सहभागितामा २ सय लागू औषध प्रयोगकर्तालाई सुधार गरी समाजमा पुनस्थापित गर्नेै उद्धेश्यले निर्माण शुरु गरिएको आवास सहितको भवनको निर्माण पुरा भएको छ ।
भवन निर्माण पुरा भएपछि अव यही चैत १ गतेबाट औपचारिक रुपमा भवनबाट सेवा प्रारम्भ गरिने भएको छ । वुधबार आसरा सुधार केन्द्र पानबारीले भवन निर्माणको सम्पुर्ण निर्माण कार्य गरी औपचारिकबाट सेवा शुरु गरिने जानकारी पत्रकार सम्मेलन मार्फत दिएको छ ।दुव्र्यसनीको सुधारको लागि जन सहभागिताको स्वेच्छिक सहयोगद्धारा भवन निर्माण सम्पन्न भएको हो ।

चिटिक्क पर्याे आसरा सुधार केन्द्र (फाेटाे फिचर)

सो भवन ७ कठ्ठा १८.५ धुरमा ३ तले सुविधा सम्पन्न पक्क भवन निर्माण सम्पन्न भएपछि नेपालकै नुमना रुपी सुधार केन्द्र प्रदेश नम्बर १ मा स्थापना गर्न सफल भएको पत्रकार सम्मेलनमा आसरा सुधार केन्द्र पानबारी भवन निर्माण समितीका संयोजक मनोज कुमार मेन्याङ्बोले वताए । उनले भने ,‘धरान अन्य क्षेत्रको तुलनामा लागू औषध प्रयोग कर्ताको कारण वद्नामी हुँदै गइरहेको अवस्थामा , यस आसरा केन्द्र स्थापना भएपछि धरानलाई लागु औषध रहित क्षेत्र वनाउन सहयोग मिल्नेछ ।’नव निर्मित भवनमा तत्कालका लागि १ सय जनालाई केन्द्रमा राखेर सुधारको निम्ति आवस्यक औषधी उपचारको व्यवस्था गर्न सकिने भएको भवन निर्माण समितीका सदस्य सचिव सरोज श्रेष्ठले पत्रकार सम्मेलनमा वताएका छन् ।अत्याधुनिक र सुविधा सम्म भवनमा आवास कक्ष , वैठक कक्ष , कार्यालय , जीम हल , शौचालय , बाथरुप सहित ढुंगाको प्रयोग गरि भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । लागू औषध प्रयोगकर्ताहरुका लागि सुधार गर्नको निम्ति ४ महिनाको अवधि सम्म सुधार केन्द्रमा राखिने जनाइएको छ । त्यसका लागि मासिक १५ हजार रुपैयाँ वुझाउने पर्ने छ ।

त्यसवापत वस्ने ,खाने , औषधी उपचार , लुगा सहित केन्द्रले व्यहार्ने भएको छ । ४ महिनाको अवधिभर केन्द्रमा नै लागु औषध प्रयोगकर्तालाई समाजमा पुनस्थापित हुन सजिलो वनाउनको निम्ति विभिन्न तालिमहरु सन्चालन गरिने भएको आसरा सुधार केन्द्र भवन सन्चालक समितीका सदस्य सचिव एवं प्रहरी निरिक्षक रामजी कटवालले वताए । उनका अनसार गरिब तथा विपन्न वर्गको लागि स्थानीय सरकारले सिफारिस गरेकाको आधारले त्यस्ता दुब्र्यर्सनीको हकमा १० प्रतिशतसम्म छुट गर्ने सकिने छ ।त्यसैगरि सन्चालक समितीका मानार्थ सदस्य मनोज मेन्याङ्बोले सडक बालवालिकालाई समेत सुधारको खाँचो रहेको भन्दै त्यस्ता वालवालिकाको हकमा भने स्थानीय सरकारको सहयोग र समन्वयमा राख्ने व्यवस्था मिलाउने तयारी समेत भएको जनाए । ुधार केन्द्र संचालनको लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी सरदकुमार खत्रीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । सुधार केन्द्रको सुरक्षार्थको लागि प्रहरी निरीक्षकको कमाण्डमा २० जना प्रहरीहरु रहने बताइएको छ । निर्माण गर्न पर्ने बाँकी योगा हल, डाइनिङ हल, स्पोष्टर्स एरिया, प्रतिक्षालय, कर्मचारी आवास, परामर्श दाता कोठा र ट्रेनिङ हल रहेको बताइएको छ । आवश्कता अनुसार पोष्टिक आहार, पारिवारिक परामर्श, सामाजिक कार्यमा सहभागिता, पारिवारिक भेटघाट र आवश्यक शारिरीक व्यायामका क्रियाकलापहरु गराइने भएको छ ।साथै दुव्र्यसनीको निम्ति स्वास्थ्य उपचारको लागि केन्द्रमा २४ सै घण्टा हेल्थ असिसटेन्ट ,एचए र सिएमए दुई जना रहने छन् । संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुखको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति रहनेछ ।

समितिको सदस्यहरुमा जिल्ला प्रहरी प्रमुख एसपी, १ नम्बर प्रदेश प्रहरी कार्यालय, विरानगरबाट एसपी, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रहनेछन् । त्यसैगरी, धरानबासीको तर्फबाट मानार्थ सदस्य मनोज मेन्याङ्बो , धरान –७ का सरोज श्रेष्ठ, धरान –१५ की शिला बज्राचार्य, सुनिता केसी र धरान–१२ का गोपाल श्रेष्ठ रहेका छन् । सदस्य सचिवमा प्रहरी निरीक्षक रामजी कट्वाल रहने जनाइएको छ ।सुधार केन्द्रको उद्घाट्न भोली चैत १ गते प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यतमा हुने भएको हो । उद्घाटन कार्यक्रम मध्यान्ह साढे १२ वजे गरिने आयोजकले जनाएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे