चाेरीएका खसी फिर्ता पाए बिष्टले !

  • प्रकाशित मितिः फाल्गुन 29, 2075
  • 539 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानबाट खसी चाेरेर लैजादै गर्दा तरहरा प्रहरीले पक्राउ गरेकाे खसी सम्बन्धीत खसी धनीले लगेका छन् ।

खसी धनी केराबारी गाँउपालीका वडा नं. ५ का निशान बिष्टले मंगलबार इलाका प्रहरी कार्यालय बेलबारीबाट खसी जिम्मा लिएका थिए । साेमबार धरानबाट खसी चोरेर टेम्पोमा तरहरातर्फ लैजादै गर्दा दुईवटा खसि सहित दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा धरान–१५ बगरकोटका टेम्पो चालक २१ वर्षिय अर्जुन बराइली र धरान–५, किसान चोकका २३ वर्षिय बबिन शंकर हुन् । उनीहरुलाई सोमबार दिउँसो २ बजे प्रहरी चौकी तरहराले सुराकीको आधारमा तरहराबाट नियन्त्रणमा लिएका हुन् । पक्राउ परेकाहरुले पानवारीको जंगलबाट बोका चोरेको र विक्रिका लागी लगेको बयान दिएको तरहरा चौकीका सइ कुलबहादुर खत्रीले बताए । को २ ह २२७ नं. को टेम्पोमा पानवारीको जंगलबाट बोका लिएर आएको र तरहरा पानीपिया नजिकै सडक किनारमा चरिरहेका अरु खसी समेत समात्न खोज्दा बन हेरालुले देखेका थिए ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे