धरानमा मृत भेटिएकाे घटना बुझ्न सुनसरी प्रहरी प्रमुख धरानमा, एक्सपर्ट टिमले अनुसन्धान गर्दै

  • प्रकाशित मितिः फाल्गुन 28, 2075
  • 965 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान-९ आचार्य लाइनमा डेरा गरी बस्ने राजविराज–१३ विसहरियाका ३० वर्षिय ऋतेशप्रसाद देव मृत अवस्थामा फेला परेपछि त्यसको अनुसन्धान गर्नका लागी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी राजन अधिकारी धरान आइपुगेका छन् ।
घटनाको अनुसन्धान गर्न अनुसन्धानको एक्पर्ट टिम, क्षेत्रीय अनुसन्धानको टोली र फरेन्सिक डाक्टर सहित एसपी अधिकारी घटनास्थलमा आइपुगेका हुन् । शवको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ । एसपी अधिकारीले भने जिल्ला प्रहरी प्रमुख भएको हुँदा अलि गम्भिर प्रकृतिको घटना हुँदा प्रायः आफै पुग्ने गरेको बताए ।
विगत १० वर्षदेखि धरानमा आएर साइकल मर्मत गर्ने काम गर्दै आएका देव घरधनी पदन कर्माचार्यकोमा भाडामा बस्दै आएका थिए । उनका माइला दाजुसँगै बस्दै आएका उनी धर्मकर्ममा उत्तिकै लगाव राखेको पाइएको छ । उनी मृत अवस्थामा फेला पर्दा पूजारीको भेषमा भेटिएका थिए भने उनी बस्ने कोठामा विभिन्न हिन्दु देवी देवताको फोटो राखिनुको साथै उनी विहान बेलुकी दैनिकी पूजापाठ गर्दै आएको उनका दाजुले बताएका छन् ।
उनको घाटीको पछाडी भागमा गहिरो चोट देखिएको र मृत भेटिएको कोठामा रगतको छिर्का र भूइमा रगतको आहाल भएको अनुसन्धानमा खटिएको प्रहरीले बताएका छन् ।

धरान प्रहरीले कुकुर परिचालन गरेर अनुन्धान गर्दै, मृत भेटिएका देवकाे शव पूजा काेठामा


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे