धरान प्रहरीले कुकुर परिचालन गरेर अनुन्धान गर्दै, मृत भेटिएका देवकाे शव पूजा काेठामा

  • प्रकाशित मितिः फाल्गुन 28, 2075
  • 1832 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–९ आचार्य लाइन मदन कर्माचार्यको घरमा डेरा गरी बस्ने ३० वर्षिय ऋतेशप्रसाद देव मृत अवस्थामा फेला परेका छन् ।
आचार्यलाइनमा साइकल मर्मत गर्ने काम गर्दै आएका ऋतेश मंगलबार विहान मृत फेला परेका हुन् । उनीसँगै उनका माइला दाजु पुस्करप्रसाद देव पनि सँगै बस्दै आएका थिए । मृतक ऋतेश सधै विहान ४ बजेदेखि ११ बजेसम्म गीता पाठ गर्ने र ध्यान साधना गर्ने गरेको र बेलुकी पनि ४ बजेदेखि १० बजेसम्म पूजा पाठ गर्ने गरेको मृतकका दाजुले बताए । दिउँसो उनी साइकल मर्मत गर्ने काम गर्दै आएका थिए । मृतक पूजा पाठ गर्ने पाेशाकमा नै मृत भेटीएका छन् ।

मृतककाे घर राजविराज १३ विसहरीया रहेकाे उनका दाजुले बताए । परिवारका काइला छाेरा रहेका उनी अविवाहित नै रहेकाे दाजुले बताए
मंगलबार विहान मृतकका दाजु पुस्कर देवले चिया बनाएर कागती काट्ने चुलेसी खोज्दै जाँदा नभेटेपछि भाइलाई मृत अवस्थामा देखेको बताएका छन् । मृतक घाटीको पछाडी चोट लागेको र मृतकको शरिरमाथी हातमा चुलेसी समातेको जस्तो अवस्थमा शव फेला परेको स्थानीयले बताए । प्रहरीले अहिले अनुसन्धान गरिरहेको भन्दै हत्या हो वा आत्महत्या अनुसन्धानपछि मात्रै यकिन हुने इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताए ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे