धरानबाट खसी चाेरेर इटहरी लैजादै गर्दा टेम्पाे सहित तरहरामा पक्राउ

  • प्रकाशित मितिः फाल्गुन 27, 2075
  • 1887 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानबाट खसी चोरेर टेम्पोमा तरहरातर्फ लैजादै गर्दा दुईवटा खसि सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धरान–१५ बगरकोटका टेम्पो चालक २१ वर्षिय अर्जुन बराइली र धरान–५, किसान चोकका २३ वर्षिय बबिन शंकर रहेका छन् । उनीहरुलाई सोमबार दिउँसो २ बजे प्रहरी चौकी तरहराले सुराकीको आधारमा तरहराबाट नियन्त्रणमा लिएका हुन् ।
पक्राउ परेकाहरुले पानवारीको जंगलबाट बोका चोरेको र विक्रिका लागी लगेको बयान दिएको तरहरा चौकीका सइ कुलबहादुर खत्रीले बताए । को २ ह २२७ नं. को टेम्पोमा पानवारीको जंगलबाट बोका लिएर आएको र तरहरा पानीपिया नजिकै सडक किनारमा चरिरहेका अरु खसी समेत समात्न खोज्दा बन हेरालुले देखेका थिए । वन हेरालुलाई उनीहरुको व्यवहार शंकास्पद लागेपछि तरहरा प्रहरीलाई खबर गरेका थिए । खबर पाएको लगत्तै उनीहरुलाई पक्राउ गर्न निस्केको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका दुवै जना, टेम्पो र खसीलाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय इटहरीलाई बुझाइएको प्रहरी चौकी तरहराका सइ कुलबहादुर खत्रीले बताए । यस अघि पानवारी, तरहरा लगायतका क्षेत्रमा खसी बोका हराउने गरेपनि चोर पक्राउ पर्न सकेको थिएन । खसी बोका हराएको उजुरी समेत प्रहरी चौकीमा खासै पर्दैनन् ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे