आफ्नै विद्यार्थीलाई गर्भ बोकाए प्रअले

  • प्रकाशित मितिः फाल्गुन 24, 2075
  • 11784 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–८ स्थित ल्याबोरेटरी माविका प्रधानाध्यापक रुद्रबहादुर लुङ्वाले आफ्नै विद्यार्थीलाई गर्भवती बनाएको रहस्य खुलेको छ ।
विद्यार्थी गर्भवती भएको हल्ला विद्यालयमा चल्न थालेपछि घर विदा मिलाएर विद्यालयका प्रधानाध्यापक लुङ्वा विदामा बसेका छन् । गत फागुन १२ गतेदेखि विदामा रहेका उनी फागुन २३ गतेसम्मका लागी विदा लिएका थिए । उनी विदामा बसेपछि विद्यालयमा प्रअको चरित्रबारे ठूलै खैलाबैला मच्चिएको थियो । खैलाबैला भएपछि गत फागुन १५ गते गोरखा डिपार्टमेन्ट स्टोरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैतबहादुर तामाङको अध्यक्षतामा बैठक बसी अन्य विद्यालयमा स्थानान्तरण गर्ने निर्णय गरेका थिए ।
तर अहिले विभिन्न चलखेल गर्दै पुनः विद्यालयमा फर्किन खोजेपछि घटना बाहिर आएको हो । विद्यालय व्यवस्थापन समितिको अगुवाईमा भएको बैठकमा प्रअ लुङ्वालाई सोही विद्यालयमा हाजिर हुन नदिने र अन्यत्र सरुवा मिलाएर जान सुझाव दिएको थियो । तर अहिले प्रअ लुङ्वाले विद्यालयमा नै फर्किन खोजेपछि उनको त्यो कर्तुत बाहिर आएको हो । गतवर्ष प्रअ लुङ्वाले नै करिब ३५ वर्षिय एक विद्यार्थीलाई कक्षा ८ मा ल्याएर विद्यालय भर्ना गरेका थिए । विद्यालय भर्ना गरेपछि नै दुवैजनाको चरित्र शंकास्पद रहेको विद्यालयका शिक्षकहरु बताउँछन् । उनी प्रअ रुद्रबहादुर लुङ्वाको कार्यकक्षमा आएर बस्ने लगायतका शंकास्पद गतिविधि गर्दै आएको शिक्षकहरु बताउँछन् ।
प्रअ लुङ्वाको नैतिक पतन भइसकेकोले कुनै हालतमा विद्यालयमा काम गर्न दिन नहुने विद्यालयका शिक्षकहरुले बताएका छन् । विद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्ने शिक्षक लुङ्वाको नैतिक पतन भएको भन्दै शिक्षक केशवप्रसाद अधिकारीले लुङ्वालाई शैक्षिक पेशा नै छाड्न सुझाव दिएका छन् । धरान उपमहानगरपालिकाका स्रोत व्यक्ति खेमचन्द्र सुवेदीले बाहिर सुन्नमा आएको जस्तो भए बहुविवाह अपराध भएकोले प्रअ लुङ्वाको जागिर नै धरापमा परेको बताए । उनले नैतिकताको आधारमा समेत शिक्षक पेशा लुङ्वाले छाड्नुपर्ने बताए ।
प्रधानाध्यापक लुङ्वाले आफ्नो गल्ति स्वीकार गरेका छन् । पहिला उनले पढ्ने इच्छा देखाएपछि विद्यालय भर्ना गरेको र विस्तारै नजिकिएपछि गल्ति भएको बताएका छन् । उनले आफु नैतिकताको आधारमा उक्त विद्यालयमा गएर काम गर्न नसक्ने भन्दै अन्यत्र सरुवा मिलाएर जाने बताए । प्रअ लुङ्वाको परिवारमा श्रीमती सहित दुई छोरी छन् । त्यस्तै गरी ती विद्यार्थीको समेत दुई छोरी भएको स्रोतले बताएको छ । अहिले लुङ्वाले ति विद्यार्थीलाई डेरामा राखेको स्रोतले बताएको छ । नेपाल सरकारका जुनसुकै कर्मचारीहरु फौजदारी अभियोग लागेर उजुरी परेकै दिनदेखि निलम्बनमा पर्ने र कसुर ठहर भएको दिनदेखि नै जागिरबाट निस्कासन हुने कानुन छ ।


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्