बुहारीले ढुंगा हान्दा ससुरा ठहरै

  • प्रकाशित मितिः माघ 25, 2075
  • 510 पटक पढिएको
  • औजार संवाददाता

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ रुम्जाटारमा बुधवार राती आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट सोही स्थान बस्ने बर्ष ७० को रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

राती ९ बजेको समयमा अंशबण्डाको विषयमा बादविवाद हुँदा गुरुङलाई आफ्नै वुहारी बर्ष ३० की तारादेबी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी हुन् । ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी टोली खटि गई ढुंग्री प्रहार गर्ने गुरुङलाई प्रहरीको नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे