गोरु काट्ने १० जना धरानबाट एकाविहानै पक्राउ

  • प्रकाशित मितिः मंसिर 28, 2075
  • 14897 पटक पढिएको
  • औजार संवाददाता

धरान । गोरू काटेको आरोपमा प्रहरीले १० जनालाई धरानबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले विहानको राती धरान–१७ स्थित विद्या टोलमा गोरु काटीरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा आषिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिंया, रिजमान मिया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनिल शाही, अनिश साही, राजेन्द्र खड्गी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

उनीहरुसँगै गोरु काट्न प्रयोग भएको धारिलो हरियार खुकुरी चक्कु ७ थान र गाई गोरुको सिङसहितको २ वटा टाउको समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई म्याद थप गरि थप अनुसन्धान अगाडी बढाएको डिएसपी तिम्सिनाले जानकारी दिए ।

 


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच